तस्बिरमा गाई पूजा

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई पूजा गरी मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने विश्वासमा गाईपूजा गर्ने परम्परा रहिआएको हिन्दु धार्मिक मान्यता छ ।आजैका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसीभैलो समेत खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी रे भएको जानकारहरू बत्ताउँदछन् ।

२०७५ सालदेखि काठमाडौको गोठाटारमा असहाय गाई बाच्छा संरक्षण अभियानले सडकमा अलपत्र रहेका गाई बाच्छालाई संरक्षण दिँदै आइरहेको छ । गोठमा हाल सय भन्दा बढी गाई बाच्छालाई संरक्षण दिँदै आएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए । आज गाईतिहारको दिन असहाय गाई बाच्छा संरक्षण अभियान स्थलमा गाई पुजा गरि मनाइयो । साथै अभियान्ताहरुले संरक्षण स्थलमा देउसीभैलो समेत खेलेका थिए ।

तस्बिरहरु

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *