कास्कीमा बन्दुकको छर्राले लाग्दा एक महिला घाइते
२०७९ कार्तिक ८ गते

पोखरा । कास्कीमा बन्दुकको छर्रा लागेर एक महिला घाइते भएकी छन् । माछापुच्छ्रे गाउँपालिका २ खैमराङमा घाँस काट्दै गरेकी महिलालाई बन्दुकको छर्रा लागेको हो ।
घटनापछि प्रहरीले एकजनालाई बन्दुक सहित पक्राउ गरेको छ । कास्की प्रहरी प्रबक्ता डीएसपी सुन्दर तिवारीका अनुसार स्थानीय आइत सिंह तामाङलाई बन्दुक सहित पक्राउ गरिएको हो ।
उनलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा ८ दिन म्याद थप गरी अनुसन्धान थालिएको छ । घाइतेको फिस्टेल अस्पतालमा उपचार भैरहेको छ ।
२०७९ कार्तिक ८ गते
प्रतिक्रिया
सम्बन्धित








