तिहारै आयो, लौ झिलिमिली (तस्विरहरु)

काठमाडौँ। तिहार अर्थात् उज्यालोको पर्व। तिहारलाई उज्यालो पर्व पनि भन्ने गरिन्छ। दियोसँगै विभिन्न खाले बत्तीहरूले तिहारको रौनकता अझै बढाइदिन्छ। अझ रमाइलो बनाइदिन्छ। आज लक्ष्मी पुजा, धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी देशभर तिहार मनाइँदैछ। यमपञ्चकको पहिलो दिन काग तिहार हुँदै शुरू भएको तिहार अन्तिम दिन भाइटीकासम्म गएर टुङ्गिन्छ।

यसबीचमा मानिसहरूले आ-आफ्नो गच्छे र सामाजिक परम्पराअनुरूपको तिहार मनाउँछन्। आज बिहान कुकुरपुजा गरेर कुकुर तिहार मनाए संगै साँझ लक्ष्मी पुजा गरिदैछ। तिहारमा खासगरी घरलाई विशेष रूपमा सिँगारिन्छ। विभिन्न फूलसँगै बत्तीको झिलिमिलीले घरलाई जाज्वल्य बनाइदिन्छ। यसले तिहारलाई अझ तिहारजस्तो बनाउछ।

दशक अघिसम्म माटाको पाला तथा केराको सुत्लामा बत्ती बालेर धुमधामका साथ तिहार मनाइन्थ्यो। तर,अहिले समय बदलिए सँगै तिहार मनाउने प्रवृत्तिसमेत फेरिएको छ। आजकाल तिहारलाई उज्यालो पर्व बनाउन विद्युतीय बत्तीको प्रयोग बढि गरिन्छ। यसको झिलिमिलीले तिहारलाई अझै रमाइलो बनाउने गरेको छ।

लक्ष्मीपुजाको अघिल्लो साँझ उपत्यकाका विभिन्न स्थानहरूबाट लिइएको तस्बिरहरू:


 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *