सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइने

गोरखा । सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाइने भएको छ । गोरखा र मनाङको सिमानामा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि सुरक्षा निगरानी बढाइने भएको हो ।

शनिबार गोरखामा भएको अन्तरजिल्ला समन्वय बैठकले सीमावर्ती नाकाहरुमा सुरक्षा चेकजाँचमा थप कडाइ गर्ने निर्णय गरेको हो ।

‘जिल्लाका सीमावर्ती नाका प्रयोग गरी हुन सक्ने अवैध हातहतियार तथा विष्फोटक पदार्थ, लागुऔषध, धार्मिक तथा पुरातात्विक वस्तु, बहुमूल्य जडीबुटी, वन पैदावार, निषेधित एवं संरक्षित वन्यजन्तु आदि अवैध वस्तुको चोरी निकासी तथा ओसारपसार जस्ता अपराधिक क्रियाकलाप रोक्न र गैरकानुनी कार्यहरु हुन नदिन सीमावर्ती नाकामा सुरक्षा चेकजाँचलाई थप प्रभावकारी बनाउने निर्णय गरेका छौं,’ गोरखा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने ।

गोरखाको मनास्लु र मनाङको अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको गतिविधि पनि निगरानी बढाउने उनले बताए । विदेशी स्वयमसेवक एवं भ्रमण भिषामा नेपाल आएर सीमा क्षेत्रमा धर्म प्रचार गर्नेलाई कानुनी कारबाही गरिने उनले चेतावनी दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *