सत्ता गठबन्धनको कार्यकर्तालाई आग्रह : ‘लोकतन्त्र र गणतन्त्र स्थायित्व गर्ने गठबन्धनलाई भोट गरौं’

जनकपुरधाम । सत्ता गठबन्धनका नेताहरुले संविधान र देशलाई जोगाउन गठबन्धनका नेताहरुलाई जिताउनुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।

गठबन्धनद्वारा शनिबार जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले प्राप्त उपलब्धीहरुको रक्ष गर्नलाई पनि गठबन्धनको जीत अनिवार्य भएको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र र गणतन्त्र स्थायित्व गराउन गठबन्धनलाई जिताउन आग्रह गरे । उनले आगामी सरकार पनि गठबन्धनकै बन्ने विश्वास व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी शक्तिबिरुद्ध सडक आन्दोलन गर्दै देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन बनाएको बताए । सानातिना कुरालाई बिर्सेर गठबन्धनका उम्मेदबारलाई जिताउनुपर्ने बताउँदै उनले सबै कार्यकर्तालाई इमान्दार भएर अगाडि बढ्न आग्रह गरे ।

गठबन्धनमा नमिलेका कुरा मिलाइने भन्दै उनले गठबन्धनले बहुमत ल्याउनुपर्ने बताए । उनले भने, ‘उम्मेदबार नबनेकाहरु कोहि राजदूत भएर जान सक्नुहुन्छ, कोहि राष्ट्रिय सभा त संवैधानिक निकायमा जान सक्नुहुन्छ । त्यहीं भएर एकता र सहकार्यमै जानु जरुरी छ ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केप ीओलीतर्फ इंगित गर्दै विगतमा माओादीसँग शान्ति वार्ता गर्नै हुँदैन् भन्ने पक्षमा केहि मान्छे रहेको बताए । उनले गणतन्त्र, लोकतन्त्र र संघीयतालाई जीवन्त राख्न पनि गठबन्धनलाई जिताउनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेसका नेता रामचन्द्र पौडेल, बिमलेन्द्र निधी, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा का नेता शरदसिंह भण्डारीसहितकाले बोलेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *