बुद्ध हिमाल जाने पदमार्ग बनाउन गएका युवाको मृत्यु
२०७९ कार्तिक ५ गते

प्रतिकात्मक तस्बिर
पोखरा । गोरखामा एक युवाको पदमार्ग बनाउन गएका बेला मृत्यु भएको छ । बुद्ध हिमाल जाने पदमार्ग बनाउनका लागि काममा खटिएका चुमनुब्री ३ सिर्दिबासका २८ वर्षीय इमान गुरुङको मृत्यु भएको हो ।
उनको मृत्युको कारण खुलेको छैन । बारपाक सुलिकोट गाउँपालिका १ को रुविनाला बेसक्याम्पमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । शुक्रबार बिहान उनको मृत्यु भए पनि मौसमको खराबीले उद्धार गर्न समस्या भएको थियो ।
शनिबार हेलिकोप्टर बाट उनको शव सदरमुकाम गोरखा बजार ल्याइएको प्रहरी प्रवक्ता डीएसपी लीलाराज लामिछानेले जानकारी दिए । उनको मृत्यु लेक लागेर भएको हुनसक्ने अनुमान गरिएको छ ।
२०७९ कार्तिक ५ गते
प्रतिक्रिया
सम्बन्धित









