कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतकाे आदेश

काठमाडौँ । कमेडियन अपूर्व क्षितिज सिंहलाई छोड्न अदालतले आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सिंहको मुद्दामाथि थुनछेक बहसपछि बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनलाई २ लाख ५० हजार धरौटीमा छोड्न आदेशमा भनिएको छ ।

स्ट्यान्ड अप कमेडी शो सञ्चालन गर्दै आएका उनले नेवार समुदायका संस्कारमाथि हास्य व्यङ्ग्य प्रस्तुत गरेका थिए ।

उक्त व्यंग्यले नेवार समुदायलाई होच्याएको भन्दै उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको थियो ।

उनीविरूद्ध प्रहरीमा १०१ जनाले जाहेरी दिएका थिए। जाहेरीपरेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर अनुसन्धानअघि बढाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 1 =