धनुषाबाट श्रोत नखुलेको २० लाखसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषाबाट श्रोत नखुलेको रु २० लाखसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका ६ बस्ने २२ बर्षीय आशिष कामत र सोही ठाउँका २७ बर्षीय बजरंग प्रसाद गुप्ता छन् ।

प्र–०१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सबार दुबैलाई चेकजाँच गर्ने क्रममा सबैला नगरपालिका १२ रघुनाथपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैलाई इलाका प्रहरीकार्यालय सबैला लगी थप अनुसन्धान पश्चात आवश्यक कार्वाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौंमा बुझाउने तयारी भइरहेको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =