हुण्डी कारोबारमा संलग्न भारतीयसहित २ पक्राउ, ४२ लाख रुपैयाँ बरामद

काठमाडौँ । काठमाडौँकोे ठमेल नजिकै ढल्को भन्ने स्थानबाट प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले ३७ वर्षीय नविन गोयल र ४५ वर्षका उमेश महेश्वरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भारतीय नागरिक बालचन्द्र सरावगीको फ्ल्याटमा हुुण्डी गर्नका लागि उनीहरुले संकलन गरेको ४१ लाख ९६ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

भारतीय नागरिक गोयल भारतको हरियाणा प्रदेशको रहेको खुलेको छ । त्यस्तै उमेश भने कपिलवस्तु कृष्णनगरका रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई अपरान अनुसन्धान कार्यालयले आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =