बझाङमा जिप दुर्घटना : ६ जनाको मृत्यु, उद्दार जारी
२०७९ कार्तिक २ गते

काठमाडौँ । बझाङमा बुधबार दिउँसो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको डुङ्ग्री भन्ने ठाउँबाट मष्टातर्फ गइरहेको जीप माष्टा गाउँपालिका–४ स्थित चिउरीमा दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जीप भीरबाट तल खसेर क्षतविक्षत भएकाे छ ।
घटनास्थलमा उद्दार कार्यका लागि प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
२०७९ कार्तिक २ गते
प्रतिक्रिया
सम्बन्धित










