खानेपानी कार्यालय रामेछापका इन्जिनियर २८ लाख घुससहित पक्राउ
२०७९ कार्तिक २ गते

काठमाडौँ । खानेपानी तथा सरसफाइन डिभिजन कार्यालय नम्बर ३ रामेछापका इन्जिनियर र प्लम्बर २८ लाख घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई उक्त घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुलाई मन्थलीमा रहेको कार्यालयको क्वाटरबाट अख्तियारको टोलीले पक्राउ गरेको हो ।
उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक बरामद गरिएको छ । जिल्लाको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्माण कार्यबापत उनीहरुले घुस लिएको अख्तियारको आरोप छ ।
२०७९ कार्तिक २ गते
प्रतिक्रिया
सम्बन्धित










