कुचो कर्म : सामान्य काम, असामान्य कमाइ

काठमाडौँ । कुचो हेर्दा सामान्य देखिन्छ । यद्यपि यसको भूमिका महत्वपूर्ण छ । हाम्रो घर, आँगन, मठ, मन्दिर, विद्यालय, अफिस र झुपडीदेखि महलसम्मका सफा राख्न कुचो चाहिन्छ । कुचो अम्रिसोबाट बन्दछ । कुचो बनाउनुअघिको अप्रिसोको डाँठलाई सिटा भनिन्छ । छरिएर रहेका अम्रिसोका ती सीटालई एकमुष्ठ पारी सीप मिलाएर बाँधेपछि कुचो बन्दछ । हो यही कामबाट काठमाडौँको कपनस्थित ढलानेपुल नजिकै रहेको गोरखनाथ कुचो सप्लायर्स कम्पनीका मजदुरले दैनिक २ हजार रुपैयाँसम्म कमाउने गरेका छन् ।

काभ्रे पनौतिका स्थानीय रामप्रसाद बोलखी कुचोका थोक व्यापारी हुन् । उनले करिब ३ करोड लगानी गरी विगत ७ वर्षदेखि गोरखनाथ कुचो सप्लायर्स उद्योग सञ्चालन गर्दै आएका छन् ।

व्यवसायी रामप्रसाद बाेलाखी

कुचो बनाउन चाहिने अम्रिसोको सिटालगायत कच्चा पदार्थ नेपालका विभिन्न पहाडी क्षेत्रमा घरेलु उत्पादकसँग सम्पर्क गरी ल्याउने गरेका छन् भने झाडु बनाउने कच्चा पदार्थ इन्डोनेसियाबाट ल्याउने गरेका बताए । गोरखनाथ कुचो सप्लायर्समा १० देखि १५ जना कर्मचारी काम गर्दछन् । उनीहरुको काम भनेको अम्रिसोेका सिटालाई बाँधेर कुचो बनाउनु हो ।

उनीहरूले बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म करिब ४ सय ओटा कुचो बाँधेर सक्छन् । कुचोे सप्लायर्स सञ्चालक रामप्रसाद बोलाखीका अनुसार गोटाका रु. ५ का दरले त्यहाँका मजदुरले दैनिक २ हजारसम्म कमाउने गरेका छन् । अन्य मजदुरको तुलनामा कुचो बाँध्ने मजदुरको आम्दानी असामान्य र फाइदाजनक छ । किनकी कुचो बाँध्दा धेरै शारीरिक श्रम लाग्दैन र बसीबसी काम गर्न सकिने हुँदा परिश्रम र आम्दानीका आधारमा कुचो बाँध्ने काम बढि फाइदाजनक देखिन्छ ।

व्यवसायी रामप्रसादका अनुसार अम्रिसोको सिजन माघ, फागुन भए पनि तिहारमा सबैभन्दा बढी कुचो बिक्री हुने गर्दछ । ती कुचो उनले गुण्स्तर हेरी थाेक(होलसेल) मूल्यमा रु. ६५ देखि १ सय ५० सम्ममा बिक्री गर्ने गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *