सन्दीप लामिछानेलाई आज अदालत उपस्थित गराइने

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई आज अदालत उपस्थित गराईँने भएको छ ।

एक नाबालिगलाई जबर्जस्ती करणी अभियोगमा प्रहरी हिरासत रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई आज प्रहरीले अदालतमा उपस्थित गराउने भएको हो ।

२० असोजदेखि प्रहरी हिरासतमा रहेका सन्दीपविरुद्ध पहिलोपटक सात दिन र दोस्रोपटक पाँच दिन थपिएको म्याद कात्तिक १ मा सकिएको भएतापनि सो दिन सार्वजनिक बिदा भएको कारणले प्रहरीले आज अदालत उपस्थित गराउने भएको हो ।

सन्दीपलाई तेस्रोपटक म्याद थप गर्ने तयारी प्रहरीको छ । उनलाई हाल प्रहरी वृत्त गौशालाको हिरासत कक्षमा राखिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले सन्दीपविरुद्ध म्याद थपका लागि बुधबार जिल्ला अदालत काठमाडौँमा पेस गरिने बताए ।

गत भदौ ५ गते १७ वर्षीय नाबालिगले आफूमाथि लामिछानेले पटक पटक जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । उक्त जाहेरी दिँदा उनी पूर्वनिर्धारित तालिकाअनुसार क्यारेबियन प्रिमियर लिंग खेल्नको लागि वेस्ट इन्डिज पुगेका थिए ।

जाहेरी परेपछि करिव एक महिना सम्पर्कबिहीन भएका सन्दीप विजया दशमीको भोलिपल्ट अमेरिकाबाट नेपाल आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + three =