झापामा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । झापामा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

विर्तामोड नगरपालिका–२ बेलडाँगीमा मे ५ प १६०४ र मे ३ प ५५८० नम्बरका मोटरसाइकल ठोक्किँदा चालकहरु बाह्रदशी गाउँपालिका–२ का २५ वर्षका अनिस साउदेन र बाह्रदशी गाउँपालिका–६ का ४३ वर्षका भोलाराज भुजेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

भुजेलको श्रीमती ४२ वर्षकी चन्द्रकला, छोरी ९ वर्षकी प्रशना घाइते भएका छन् । घाइते चन्द्रकला र प्रशनाको उपचारका लागि बी एन्ड सी पठाएकोमा थप उपचारको लागी विर्तासिटी अस्पताल लगिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 5 =