पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक क्षेत्रीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौँ । नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक राजेन्द्रबहादुर क्षेत्रीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिएको छ । प्रहरी दिवसका अवसरमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालले क्षेत्रीलाई उक्त अवार्डबाट सम्मान गरेका हुन् ।

प्रधानमन्त्रीले नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक सन्तोष खड्कालाई ‘मोतिलाल बोहोरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’, र अन्तर प्रदेश प्रहरी कार्यदक्षता मूल्याङ्कनमा उत्कृष्ट हुने १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरलाई ‘पुलिस व्याटन’ प्रदान गरे ।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले कर्तव्यपालनाका सिलसिलामा वीरगति प्राप्त गरेका प्रहरी कर्मचारीका एक छात्र/एक छात्रालाई ‘अच्युत–मीना अमर प्रहरी परिवार पुरस्कार तथा छात्रवृत्ति’ प्रदान गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरी दर्पण २०७९ को लोकार्पण तथा अमर प्रहरीका आश्रित परिवारलाई कदरपत्र प्रदान गरेका थिए । प्रधानमन्त्री देउवाले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 13 =