जोशीको निधनप्रति आयोगद्वारा दुःख व्यक्त
२०७९ असोज ३० गते

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा उपचारका क्रममा बिहान भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा जोशीको निधनले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एउटा अमूल्य स्रष्टा गुमाएको उल्लेख छ ।
“भाषा, साहित्य र संस्कृतिको माध्यमबाट मानव अधिकार संस्कृति विकासका लागि उहाँले पुर्याउनुभएको योगदानको आयोग कदर गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “स्वर्गीय जोशीको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिनुका साथै सरकारबाट उच्च मूल्याङ्कन हुनेछ भन्ने आयोगले विश्वास लिएको छ ।”
आयोगले दुःखद् घडीमा स्वर्गीय जोशीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।
२०७९ असोज ३० गते
प्रतिक्रिया
सम्बन्धित








