शताब्दी पुरूषको पार्थिव शरीर किस्ट मेडिकल कलेजलाई (तस्बिरहरू)

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरिएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलगायतको उपस्थितिमा जोशीको शव मेडिकल कलेजलाई बुझाइएको हो ।

जोशीका छोराहरु तथा परिवारले कानुनी प्रक्रिया पूरा गरी जोशीको शव अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

अध्ययन अनुसन्धानका लागि मेडिकल कलेजले जोशीको शब बुझेको हो । १०३ वर्षको उमेरमा जोशीको आइतबार बिहान निधन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *