सत्यमोहनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइयो (तस्बिरहरू)

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिप शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झण्डा ओढाएका छन् । ललितपुर महानगरपालिका परिसरमा पुगेर प्रधानमन्त्री देउवाले जोशीलाइर् श्रद्धाञ्जली दिँदै राष्ट्रिय झण्डा  ओढाएका हुन् ।

आइतबार किस्ट अस्पतालमा निधन भएका जोशीको शव अन्तिम श्रद्धाञ्जलीका हाल महानगरपालिकाको कार्यालय पुल्चोक परिसरमा राखिएको छ ।

जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन राजनीतिक दलका नेतालगायत विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारणसमेत महानगर परिसर पुगेका छन् ।

१०३ वर्षका जोशीको उपचारका क्रममा आइतबार विहान किस्ट मेडिकल कलेजमा निधन भएको थियो । जोशीको पार्थिक शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *