जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ४ बजेसम्म ललितपुर महानगरमा राखिने
अस्पतालबाट शव निकालेर परिवारले धार्मिक संस्कार गर्ने
२०७९ असोज ३० गते

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको किष्ट अस्पतालबाट आइतबार दियँसो १२ बजे शव निकाल्ने तयारी गरिएको छ । अस्पतालबाट शव निकालेर परिवारले धार्मिक संस्कार गर्ने कार्यक्रम रहेको छ ।
सो पछि उनको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा ४ बजे सम्म राखिने छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा लगायत उपस्थित हुने बताइएको छ ।
श्रद्धाञ्जली सकिएपछि जोशीको शव अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने बताइएको छ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उनको शरीर अध्ययनका लागि राखिने बताइएको छ ।
२०७९ असोज ३० गते
प्रतिक्रिया
सम्बन्धित








