जोशीको शव अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने

काठमाडौँ । शताब्दी पुरुष जोशीको दाहसंस्कार नहुने भएको छ । मृत्यपछि शरीर दान गर्ने घोषणा गरेका जोशीको दाहसंस्कार नहुने भएको हो ।
आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको जोशीको शवलाई शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले बताए ।
उनको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिने छ । श्रद्धाञ्जली पछि जोशीको शव अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने बताइएको छ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उनको शरीर अध्ययनका लागि राखिने बताइएको छ ।
जोशीले यसअघिनै अस्पताललाई आफ्नो शरीर दान गरिसकेका थिए । शाताब्दी पुरूष जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने घोषणा गरेका थिए।
औषत् उमेरमा मृत्यु हुने मान्छेको शरीरको अध्ययन भइरहेको भए पनि १०० वर्ष उमेर कटिसकेको अवस्थामा शरीरको अवस्था कस्तो हुँदोरहेछ भन्ने जानकारी मिलोस् भनेर उनले आफ्नो शरीर दान गर्न घोषणा गरेको बताइएको छ ।
जोशी दम्पतीको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर छोरा अनुराज जोशीसमेतले सहमतिमा हस्ताक्षर गरेका थिए।








