शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षका उनको २४ दिनदेखि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । आइतबार बिहान उनको अस्पतालमै निधन भएको उनकी माइली छोरी गंगा जोशीले मकालुखबरलाई जानकारी दिइन् ।

उनको उमेर बढि भएकाले एकै पटकमा धेरै प्रकारका स्वास्थ्य समस्या देखिएको थियो । निमोनिया र पिसाबको संक्रमण, मुटुरोगसँगै पछिल्लो समय उनमा डेंगु संक्रमण देखिएको थियो । जोशीलाई प्रतिमिनेट ४ लिटर अक्सिजन दिनुपरेको थियो । किष्ट अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो।

जोशीको स्वास्थ्यमा छिन–छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको थियो ।

को हुन् जोशी ?
जोशी मात्रै त्यस्ता व्यक्ति हुन् जसले ३ पटक मदन पुरस्कार प्राप्त गरेका छन् । उनले नेपालको लोक संस्कृतिका लागि पहिलोपटक विसं २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक विसं २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि संयुक्तरूपमा तेस्रोपटक विसं २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका छन् ।

उनले सांस्कृति कर्म र साहित्य कर्मबाट राज्यलाई ठूलो योगदान गरेका छन् भने उनले राजकीय भूमिकाबाट समेत राज्यलाई ठूलो योगदान गरेका छन् ।

उनी पुरातत्त्व विभागका पहिलो निर्देशकसमेत हुन् । नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखा, राष्ट्रिय समाचार समितिलगायतमा पनि उनी आबद्ध थिए कुनै बेला ।

जोशीको तस्बिरअङ्कित चाँदीको सिक्का निष्कासन गरिएको छ । उनी नेपाली संस्कृति र साहित्यको हिरा हुन् ।

यो पनि

शताब्दी पुरुषकाे अन्तिम ‘इच्छा’ !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =