टीबीएमद्वारा सुनकोसी–मरिन डाइभर्सनको सुरुङ खन्ने तयारी

काठमाडौँ । टनेल बोरिङ मेसिन(टीबीएम) द्वारा सुनकोसी–मरिन डाइभसर्नन आयोजनाको सुरुङ निर्माण सुरु गर्ने तयारी भएको छ । नेपालमा सर्वप्रथम भेरी–बबई डाइभर्सन परियोजनामा टीबीएमको प्रयोग भएको थियो । त्यसपछिको यो टीबीएम प्रयोग गर्न लागिएको दोस्रो सुरुङ आयोजना हो ।

सुनकोसी नदीको पानी मरिन नदीमा खसालेर मरिन हुँदै बाग्मतीमा मिसाएर मधेस प्रदेशका ५ जिल्लामा सिँचाई पु¥याउने सरकारको योजना छ । त्यस्तै यो आयोजनाबाट विद्युत् समेत उत्पादन हुने छ । यो सरकारले राष्ट्रिय गौरवको सूचीमा समावेश गरेको सिँचाईलाई प्राथमिकता दिइएको बहुउद्देश्यीय आयोजना हो । यो मेसिनले करिब १३ किलोमिटर सुरुङ छेड्ने छ ।

यो आयोजना निर्माणको व्यवस्थापन सिँचाई विभागले गरिरहेको छ । बिहीबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले टीबीएम मेरिनद्वारा सुरुङ निर्माण कार्यको निरीक्षण गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *