नेप्से १६ अंकले घट्दा कारोबार रकम ५५ करोडमा सीमित

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ ।

यस दिन सेयर बजार ९नेप्से० परिसूचक १६.०६ अंकले घटेर १८५५.१६ बिन्दुमा ओर्लिएको छ । दशैंकको बिदापछि आइतबारबाट बजार खुलेको थियो ।

बजार खुलेको दिन आइतबार ४४ अंकले बढेको थियो । तर सोमबार नै नेप्से २७ अंकले घटेको थियो ।

नेप्सेमा सूचिकृत ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.२१ अंकले घटेर ३६३.६३ अंकमा बन्द खुम्चिएको छ ।

यस दिन जम्मा १७ लाख ६८ हजार ६९२ कित्ता सेयर ५५ करोड २८ लाख १० हजार रुपैयाँमा खरिद बिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *