लघुवित्तीय संस्थाहरूको ज्यादतीविरूद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडाैँ । देशका विभिन्न क्षेत्रमा रहेका लघुवित्तीय संस्थाहरुले बचतकर्ता तथा ऋणीमाथि ज्यादती गरेको भन्दै मंगलबार माइतीघरमा विरोध प्रदर्शन भएको छ । देशका विभिन्न क्षेत्रबाट आएका पीडितहरुले सरकार समक्ष ५ बुँदे माग राख्दै विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा धादिङ, चितवन, मकवानपुर, सिन्धुपाल्चोक लगायतका क्षेत्रबाट पीडितहरु सहभागी भएका छन् । ग्रामीण क्षेत्रमा रहेका लघुवित्तीय संस्थाहरुले ऋणमा चर्को ब्याज लिएको, बचतमा न्यून ब्याज दिएको र मासिक किस्ता नबुझाउँदा चक्रवर्ती हिसाबमा ब्याज लगाएको पीडितहरुको आरोप छ ।

मंगलबारको प्रदर्शनमा वृद्धवृद्वादेखि नाबालक शिशुबोकेका आमाहरुसमेत करिब ५ सय जनाको सहभागिता थियो ।

तस्बिरहरू

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *