सुनको मूल्यमा प्रतितोला १२ सय गिरावट
२०७९ असोज २५ गते

काठमाडौँ । सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा १२ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यस दिन प्रतितोला ९४ हजार रुपैयाँ निर्धारण भएको छ ।
सोमबार पनि सुनको मूल्य तोलामा ८ रुपैयाँले घटेको थियो । सोमबार सुन ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
तर, आइतबार भने एकै दिन तोलामा सुनको मूल्य ३ हजार रुपैयाँले बढेर ९६ हजार रुपैयाँ पुगेको थियो ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । यस सदन चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको थियो ।
२०७९ असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित










