सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
अदालतले २० गतेबाट ७ दिनका लागि म्याद थप गरेको छ ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई २० असोजमा प्रहरीले पक्रेको थियो ।

सन्दिपका कानुनी सल्लाहकार भन्छन्, प्रहरीले कम्तिमा थप १० दिनको म्याद मागेको थियो तर अदालतले भने ७ दिनको मात्र समय दिएको छ ।

लामिछानेलाई दशैंको बिदाका कारण अदालत बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *