मिडियाले मलाई बुझ्न नसकेकोमा आश्चर्य लाग्छ: डा. शेखर कोईराला

विराटनगर । डा. शेखर कोईरालाले आफुलाई मिडियाले बुझ्न नसकेको बताएका छन् । पार्टी भित्र गठबन्धन गर्ने कुरामा आफ्नो विमती नभएको बताएका हुन् । मिडियाले आफुलाई नबुझेकोमा आश्चर्य लागेको बताए ।

आईतबार विराटनगरमा मनोनयन दर्ता पछि मिडियासँग कुराकानी गर्दै कोईरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धनको आफु विरोधी भएपनि अहिलेको निर्वाचनमा आफुले गठबन्धनको विरोध नगरेको स्पष्टोक्ति दिए ।

अहिलेको गठबन्धन संविधानलाई ट्याकमा ल्याउनको लागि भएको उनको भनाई छ। ‘निर्वाचनसम्म अहिलेको गठबन्धन जान्छ उनले भने, त्यसपछि कसरी जाने भन्ने बारेमा गठबन्धनका शिर्ष नेताहरु बसेर तय हुन्छ ।’ डा. कोईरालाले मोरङका हस्ती महेश आचार्य र डा. मिनेन्द्र रिजालले टिकट नपाएकोमा दुःख लागेको बताएका छन् । ‘उहाँहरु मोरङको हस्ती नै हो, उनले भने, क्षेत्र नम्बर ४ मा गत निर्वाचनमा महेश आचार्य जी उठ्नु भएको थियो, त्यो क्षेत्र माओवादीले जितको कारण त्यहाँ दिनु पर्ने अबस्था आयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *