मोरङका दुई ठाउँमा कांग्रेस विरुद्ध एकिकृत समाजवादीको उम्मेदवारी दर्ता

विराटनगर । पाँच दलीय गठबन्धन गरेर सिट बाँडफाड गरिएको निर्वाचन क्षेत्रमा पनि गठबन्धन भित्रैका दलहरुले आफ्ना उम्मेदवार उठाएका छन् ।

नेकपा एकिकृत समाजवादी पार्टीले मोरङका २ ठाउँमा गठबन्धनका अन्य दललाई चुनौती दिँदै उम्मेदवार उठाएको छ ।

गठबन्धन भित्र सिट बाँडफाँडमा पाएको मोरङ जिल्लाको दुई प्रदेश निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ प्रदेश (ख) र निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश (ख) मा दुई सिट नेकपा एकिकृतले पाएको थियो ।

दुई सिट पाएपनि एकिकृतले नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गराएको थप दुई ठाउँमा उम्मेदवारी दर्ता गराएको हो । नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य महेश रेग्मीले नेपाली कांंग्रेसका भिम पराजुलीले मनोनयन दर्ता गराएको मोरङ निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश (ख) बाट उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै नेकपा एकिकृत समाजवादीका जिल्ला सहसचिव ओसिम आलमले मोरङ क्षेत्र नम्बर ६ प्रदेश (ख) बाट उम्मेदवारी दर्ता गराएका हुन ।

यो क्षेत्रमा नेकपा नेपाली कांग्रेसका केदार कार्कीलाई गठबन्धनले टिकट दिएको थियो । नेकपा एसका मोरङका सह सचिव ओसिम आलामले आफुहरु गठबन्धनको नै उम्मेदवार भएको बताएका छन् ।

पार्टीको निर्णय अनुसार नै आफुहरुले मनोनयन दर्ता गराएको उनको भनाई छ। मोरङ क्षेत्र नम्बर ४ (ख)मा नेकपा एमालेका जीवन घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् भने क्षेत्र नम्बर ६ (ख) मा परशुराम बस्नेत उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *