एमालेले टिकट नदिएपछि याेगेन्द्रकाे स्वतन्त्र उम्मेदवारी दर्ता

विराटनगर । एमालेबाट टिकट नपाएपछि याेगेन्द्र मण्डलले क्षेत्र नम्बर ५ बाट मनाेनयन दर्ता गरेका छन् । सामाजिक क्षेत्रमा राम्राे काम गरेका ब्यक्तिकाे रूपमा चिनिएका मण्डल एक महिना पहिला देखि नैचुनाव प्रचारमा थिए ।

एमालेले जसपासँग चुनावी तालमेल गरेपछि क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकाे हाे । याे क्षेत्रमा जसपाका राजकुमार यादवले टिकट पाएका छन् ।

पार्टीले टिकट नदिए पछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । त्यस्तै समानुपातिक प्रदेशसभा सदस्य बसन्तिदेवी यादवले प्रदेश ५(२) बाट स्वतन्त्र मनाेनयन दर्ता गरेकि छिन् ।

उनी नेकपा एमालेबाट प्रदेश सभा सदस्य थिईन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गरेमि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *