एकनाले भरूवा बन्दुक बरामद
२०७९ असोज २३ गते

अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीले एकनाले भरूवा बन्दुक बरामद गरेको छ । सितगंगा नगरपालिका९७ जुवाकोटस्थित सानिनेटाबाट एकनाले भरुवा बन्दुक १ थान शुक्रबार साँझ प्रहरीले बरामद गरेको हो।
सो स्थानमा बेवारिसे अवस्थामा भरूवा बन्दुक रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जलुकेबाट खटिएको प्रहरीले उक्त भरूवा बन्दुक फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
२०७९ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित








