अष्टलक्ष्मीले ओलीलाई भनिन् – म चुनाव लड्दिँन, विकल्प खोज्नुहोस्
२०७९ असोज २२ गते

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट काठमाडौं ८ मा उम्मदेवार सिफारिस अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी ओलीलाई विकल्प खोज्न आग्रह गरेकी छन् ।
शनिबार ओलीसँग भेट गर्दै शाक्यले आफू संसदीय निर्वाचनबाट अलग्गिने घोषणा गरिसकेकाले विकल्प खोज्न भनेकी हुन्। शाक्यले उठ्ने रहर नभएकाले जबर्जस्ती राखेर मन भएका र जित्ने सम्भावना रहेकालाई १० बुँदेको नाममा फरक व्यवहार नगर्न पनि अध्यक्ष ओलीलाई अनुरोध गरेकी छन्।
आफूले नउठ्ने अडान कामयै राखेपछि ओलीले धेरै प्रतिक्रिया नजनाएको उनले बताइन्। ओलीले टिकट नदिएपछि घनश्याम भुसालले पार्टी छाडेका छन् भने भीम रावलले आगामी बाटोबारे आइतबारसम्म निर्णय लिने बताएका छन्।
२०७९ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








