एमाले मोरङमा असन्तुष्टि, जिल्ला सचिवले दिए राजीनामा

काठमाडाैँ । नेकपा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् । उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले आज राजीनामा दिएका हुन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस र छनोट गर्दा सिद्धान्त, विधि विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल भएको उनकाे ठहर छ । उनले पार्टीले गर्ने निर्णयहरुका सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्नेमा त्यस अनुसार नभएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

One thought on “एमाले मोरङमा असन्तुष्टि, जिल्ला सचिवले दिए राजीनामा

  1. बधाई दक्षिणपन्थी बिचार भएको पाटी छोडेको मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *