सुनसरी एमालेमा विद्रोह, मनोज मेयाङ्बो स्वतन्त्र उठ्ने तयारी गर्दै

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ मा नेकपा एमालेले जनता समाजवादी पार्टीका नेता अशोक राईलाई सघाउने भएपछी उक्त निर्णय बिरुद्द त्याहाका एमाले कार्यकर्ताले विद्रोह गरेका छन् ।

स्थानीय कमिटीको सिफारिसविपरीत अध्यक्ष ओलीले जसपालाई दिने निर्णय गरेपछि त्याहा विवाद भएको हो ।

धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकासहितको सुनसरी क्षेत्र नम्बर १ नेकपा एमालेको बलियो पकड मानिन्छ ।

सो क्षेत्रमा एमालेले निवर्तमान सांसद जयकुमार राईको नाम सिफारिस गरेको थियोे ।

नेकपा एमालेको निर्णयअनुसार सुनसरी १ मा जसपा नेता राई उठ्ने भएका छन् ।

नेकपा एमाले केन्द्रले स्थानीय कमिटीको सिफारिसविपरीत जसपालाई दिने निर्णय संगै स्थानीय कार्यकर्ताले धरानका पूर्वमेयर समेत रहेका मनोज मेयाङ्बोलाई स्वतन्त्र उठाउने तयारी गरेका छन् ।

आजै उम्मेदवारी घोषणा गरेर मनोनयन गर्ने तयारी भईरहेको स्थानी एक नेताले जानकारी दिए ।
उनि भन्छन्, पार्टी केन्द्रको निर्णय मान्न तयार छौँ तर यहाँ कार्यकर्ताको विद्रोह रोक्न सकिने अवस्था छैन सो कारण हामि बाध्य छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *