अन्ततः धनकुटामा राजेन्द्र राईले नै पाए एमालेको टिकट

काठमाडौँ । काठमाडौँ । नेकपा एमालेबाट धनकुटामा अन्ततः राजेन्द्र राईले टिकट पाएका छन् ।

यसअघि जनता समाजवादी पार्टी जसपासँग तालमेलका कारण भागबण्डा मिलाउन भन्दै राईले टिकट पाउनेमा अन्यौल थियो । यद्यपि धनकुटा एमालेको बलियो पकड क्षेत्र समेत भएकाले राईले नै टिकट पाएका हुन् ।

यसअघि राईको ठाँउमा एमाले-जसपा गठबन्धन अन्तर्गत रकम चेम्जोंगको उम्मेदवारी रहने नेकपा एमालेका एक नेताले बताएका थिए ।

चेम्जोंगले भने टिकट पाएनन् ।

धनकुटाबाट एमालेका राजेन्द्र राई सर्वसम्मत उमेदवार सिफारिस भएका थिए भने, राई ०७४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य तर्फ लोकप्रिय मत ल्याएर निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *