Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
तस्बिरमा वर्षाको असर
मकालु खबर
२०७९ असोज २१ गते
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ । पाल्पाको अर्चले भन्ने ठाउँमा २१८ मिलिमिटर पानी परेको छ ।
मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज उपत्यका मौसम बदली रही दिउँसो र बेलुकीपख हल्का पानी पर्ने सम्भावना छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना छ । “काठमाडौँ उपत्यकाका र पूर्वका मौसम खुलेजस्तो देखिए पनि बदली नै रहने सम्भावना छ, शनिबार दिउँसोबाट विस्तारै सुधार हुँदै जानेछ, पश्चिममा भारी वर्षा भइरहेको छ,” उनले भने, “गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आइतबारदेखि मौसम विस्तारै खुल्दै जान्छ ।”
महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा हल्का तथा मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिमका केही, कर्णाली प्रदेशको थोरै र लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा आज भारी वर्षा हुने जनाएको छ ।
देशका विभिन्न ठाउँमा डुबान संगै लगातार वर्षाका कारण पहिरोले सडकहरू अवरूद्ध भएका छन् ।
२३-तस्बिरमा वर्षाले पारेको प्रभाव :
तनहुँको घिरिङ गाउँपालिका-३ खिलामा बिहीबार दिउँसो खसेको पहिरा हटाइँदै । दुई दिनदेखि परेको वर्षाका कारण जिल्लाका ग्रामीण सडक अवरुद्ध भएका छन् ।तीन दिनको अविरल वर्षाका कारण घोराही-१४ झिगौरामा भत्किएको घर । मानवीय क्षति नभए पनि घर बस्न नमिल्ने गरी भत्किएको छ ।म्याग्दीको बेनी नगरपालिका१ रत्नेचौरमा वर्षा र हुरीवतासले खेतमा नै ढलेको धान । पाक्नै लागेको धानवालीमा क्षति पुगेपछि किसान निरास भएका छन् ।शुक्लाफाँटा नगरपालिका-१० झलारीका स्थानीय महिला बर्षाको पानीले ढालेको धानका मुठा बाध्दै । निरन्तर तीन दिन देखिको बर्षाले भित्र्याउन ठिक्क भएको धानबाली ढालेर नोक्सन गरेको छ ।वर्षाले राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका-१ चौफेरी गाउँ डुबान । घर भित्रसमेत पानी पसेपछि स्थानीय घरपरिवारलाई प्रहरी र रेडक्रसकर्मीको टोलीले उद्धार गरी सुरक्षित स्थानमा लग्दै ।जिल्लाको घिरिङ्ग गाउँपालिका–५ देउरालीमा शुक्रबार पहिरो जाँदा अवरुद्व भएको श्रृङ्गपथ मार्ग । जिल्लाको भीमाद हुँदै ऋषिङ्ग, नवलपुर, पाल्पा जोड्ने उक्त मार्ग पहिरा जाँदा पूर्ण रुपमा अवरुद्व भएको हो ।चार दिनदेखिको निरन्तर वर्षाका कारण माथिदेखि झरेको पहिराले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तर्गत बुर्तिबाङ–पूर्वी रुकुम खण्ड । यस खण्डको दर्जनौँ स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको छ ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ मादी पुल नजिक शुक्रबार बिहान खसेको पहिरो । अविरल वर्षासँगै खसेको पहिरोले पृथ्वी राजमार्गका दुई ठाउँ अवरुद्ध भएको छ ।अविरल वर्षाका कारण वीरेन्द्रनगरको तल्लो भागमा डुबान हुन थालेपछि सुरक्षित स्थानमा जाँदै स्थानीय बासिन्दा ।वीरेन्द्रनगरको तल्लो क्षेत्र अलायचौर र घोग्रेनी बीच भागमा रहेको बडिगाड खोलामा आएको भेलले डुबानमा पारेको क्षेत्र । अविरल वर्षाका सुर्खेतको विभिन्न स्थानमा बाढीको जोखिम बढेको छ ।अविरल बर्षाका कारण शुक्रबार व्यास नगरपालिका–१ निर्मलबस्तीमा पहिरा जाँदा जोखिममा परेका तीन घर । पहिराका कारण खानेपानी र निर्मल टोल विकास संस्थाको भवनसमेत उच्च जोखिमग्रत छन् ।अविरल बर्षाका कारण डुबानमा परेको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको कार्यालय । बुधबारदेखिको बर्षाका कारण यहाँका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् ।भरतपुर महानगरपालिका– १ देवघाटमा शव दाहासंस्कार स्थलको मलामी विश्रामगृह भवनमा नारायणीको बाढीले डुबेका चिया र खाजा पसल ।आरुघाट गाउँपालिका–१, मान्वु स्थित स्याम्चेतमा पहिराबाट बिस्थापित भएका २८ घरपरिवारको पुनस्र्थापनाका लागि घर निर्माण कार्य सुरु । गाउँपालिकाको वडा नम्बर २ मा बिस्थापितहरुको स्थानान्तरणका लागि घर निर्माण गर्न लागिएको हो ।नवलपुरको कावासोती स्थिती पूर्व–पश्चिम राजमार्गमा अविरल वर्षापछि भरिएको पानी । पानीको उचित निकास नहुँदा राजमार्गमा पानी भरिने गरेको छ ।पानीको उचित निकास नहुँदा नवलपुरको कावासोती बजार क्षेत्रमा डुबानमा परेका घर ।पानीको उचित निकास नहुँदा नवलपुरको कावासोती बजार क्षेत्रमा डुबानमा परेका घर ।पहिरोबाट आउजाउ नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित ‘ठूलोखोला–भँगेरी–देउराली सडक खण्ड’मा अविरल वर्षासँगै पहिरो गएर अबरुद्ध भएको सडकबाटै बच्चा बोकेर आउजाउ गर्न बाध्य पैदल यात्री । हालै परेको अविरल वर्षाले उक्त सडक खण्ड सहित बेलकोटगढी नपाको विभिन्न स्थानका एकसय भन्दाबढी ठाँउमा पहिरो गएको छ ।नवलपुरको सदरमुकाम कावासोतीको दुःखका रुपमा चिनिने केरुङ्गे खोलामा आएको बाढी । केरुङ्गेले बर्सेनि कावासोतीको खेतीयोग्य जमिन कटान गर्नेगरेको छ ।बर्दियाको गुलरिया इन्द्रपुरस्थित हुलाकी सडकमा चार दिनदेखि अविरल वर्षापछि भरिएको पानी ।महाकाली राजमार्गअन्तर्गत बैतडीको खिरेगाउँ सडक खण्डमा डेडलाइट बालेर गुडिरहेको जीप । गएरातिदेखिको निरन्तर वर्षाले यातायात सेवा प्रभाावित भएको छ ।मनाङको नासों गाउँपालिका–३ खोत्रोस्थित सडकमा बाढी र पहिरा जान लागेको भीर । बङ्गालको खाडीबाट विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तर–पश्चिमतर्फ सर्दै जाने क्रममा मङ्गलबार रातीदेखि परेको अविरल वर्षाका कारण मनाङको मेरुदण्डको बँेसीसहर–चामे सडक अवरुद्ध भएको छ ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ मादी पुलनजिक शुक्रबार भासिएको सडक । तीन दिनदेखि निरन्तर परेको वर्षाका कारण सडकको भाग भासिएको हो ।