विजया दशमीको दोस्रो दिन पनि टीका लगाउने क्रम जारी

काठमाडौं । दशैंको टीकाको दोस्रो दिन बिहीबार पनि आफन्त र मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम चलिरहेको छ ।

विजया दशमीका दिन टीका थाप्न जान नपाएका आफन्त तथा टाढा टाढा रहेका मान्यजनका घरमा टिका थाप्न जानेको चहलपहल बढेको छ । टीका र जमरासहित आशीर्वाद थाप्ने क्रम पूर्णिमासम्म चल्नेछ ।

देशका केही ठाउँमा भने विजया दशमीको दिन मात्रै टीका लगाउने चलन छ । कोजाग्रत पूर्णिमामा जमरा विसर्जनसँगै दसैँ सकिन्छ ।यस्तै फूलपातीदेखि सुनसान भएको उपत्यकामा चहलपहल बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *