बारा बस दुर्घटना अपडेट : १५ जनाको मृत्यु, २० बढी घाइते

मकवानपुर । बाराको अमलेखगन्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ ।

चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६००ख ०२१० नं को बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेब गौतमले जानकारी दिए ।

गौतमका अनुसार घाइतेहरूलाई हेटौंडा र चितवनमा उपचारका लागि लगिएको छ। घाइतेहरूको अवस्था चिन्ताजनक छ ।

चिप्लो बाटो र घुम्तीका कारण दुर्घटना भएको हुनसक्ने गौतमले बताए । बस सडकबाट चिप्लिएर सय मिटर तल खसेको उनले जानकारी दिए ।

मृतक सबैको सनाखत हुन बाँकी छ ।

प्रतिक्रिया

One thought on “बारा बस दुर्घटना अपडेट : १५ जनाको मृत्यु, २० बढी घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *