दसैँको टीका लगाउन मामाघर हिँडेका बालकलाई खोलाले बगाउँदा बेपत्ता

अर्घाखाँची । दसैँको टीका लगाउन मामाघर हिँडेका १० वर्षीय बालकलाई खोलाले बगाउँदा बेपत्ता छन् ।

सन्धिखर्क नगरपालिका– ७ खाँचीकोट किटेनीका निवासी तारा पौडेलका १० वर्षीय छोरा समीर पौडेललाई स्थानीय फज्याङ खोलाले बुधबार बगाएको प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । धमिलो बाढीसहितको खोला तर्दै गर्दा बगाएको आमा तारा पौडेलले जानकारी दिइन् ।

पौडेल एक छोरा र एक छोरी लिएर दसैँ मनाउन भूमिकास्थान नगरपालिका– ७ स्थित चिदिचौरमा मामाघर जाने क्रममा खोला तर्न खोज्दा समीरलाई बगाएको हो । बच्चालाई खोलाले बगाएपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । बुधबार दिउँसोबाट प्रहरीले बेपत्ता बालकलाई खोजिरहेको छ ।

२ दिनदेखि लगातार खोलामा खोज्दा समेत केही फेला पर्न नसकेको प्रहरी निरीक्षक पौडेलले बताए । तीन दिनदेखि लगातार परिरहेको अविरल वर्षाका कारण धमिलो खोला भएकाले खोजी कार्य गर्न निकै सकस परिरहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =