नेपाल पुग्दै सन्दीप, आत्मसमर्पण गर्ने घोषणा
२०७९ असोज २० गते

काठमाडौँ । नाबालिग बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने आज नेपाल आइपुग्दैछन् ।
उनले सामाजिक सञ्जालमार्फत बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जानकारी दिएका छन् । साथै सन्दीपले विमानस्थल आइपुग्ने बित्तिकै आत्मसमर्पण गर्ने उल्लेख गरेका छन् ।
‘नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु,’ उनले भनेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु ।’

२०७९ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित








