पहिरोले सन्धिखर्क-गोरूसिंगे सडक अवरुद्ध

काठमाडाैँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सन्धिखर्क–गोरूसिंगे सडक खण्डको घुम्तीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा दशैंमा जिल्ला बाहिरबाट घरमा आउने यात्रु अलपत्र परेका छन् । सडकमाथिबाट पहिरो खस्दा सडक बिहानैदेखि अवरुद्ध भएको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

स्थानीय तहसँगको समन्वयमा पहिरो हटाउन पहल भइरहेको उनले बताए । रातिदेखि परेको वर्षा अहिले पनि जारी छ, जसका कारण दशैंको टीका थाप्न घरमा आउजाउ गर्न समस्या भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =