थारु समुदायले डा. शर्मालाई सघाउँने मोदीको प्रतिबद्दता, शर्माले थारु समुदायमा सधै सहयोग गर्ने

विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले थारु समुदायका लागि आफुले सधै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नोबेल अस्पतालको प्रायोजनमा सञ्चालित नोबेल मिस्टर एण्ड मिस थारु आइकनको विराटनगरमा आयोजित समापन कार्यक्रमलाई संवोधन गर्दै डा.शर्माले थारु समुदायको संस्कार, सस्कृतिको प्रवद्र्धनका लागि सधै सहयोग गर्ने बताएका हुन् ।

आफु थारु गाउँमै हुर्किएको स्मरण गर्दै डा.शर्माले थारु समुदायको संस्कार, सस्कृतिका बारेमा जानकार रहेको उल्लेख गरे । डा.शर्माले हरेक बर्ष मिस्टर एण्ड मिस थारु आइकनलाई नोबेल अस्पतालमार्फत प्रायोजन गर्दै आएका छन् । उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

थारु समुदायमा लुकेका प्रतिभाहरु रहेको भन्दै डा.शर्माले त्यस्ता प्रतिभाहरुलाई बाहिर ल्याउँन सदैव सहयोग गर्ने धारणा राखे । थारु आइकन जस्ता कार्यक्रमले यस्ता प्रतिभालाई उजागर गर्न सहयोग पुर्याउँने भएकाले आफुले कार्यक्रमलाई सहयोग गर्दै आएको उनले बताए ।

‘थारु समुदायमा पनि लुकेका प्रतिभा छन्, यस्ता कार्यक्रमले उनीहरुको प्रतिभा उजागर गर्न सहयोग गर्छ,’ डा.शर्माले भने, ‘थारु समुदायलाई सहयोग पुर्याउँनलाई मैले यो कार्यक्रममा सहयोग गर्दै आएको छु, आगामी दिनमा पनि यो सहयोग निरन्तर रहनेछ ।’

थारु आइकनको यो तेस्रो सिजन हो । तीन वटै सिजनलाई नोबेल अस्पताल मार्फत डा.शर्माले प्र्रायोजन गर्दै आएका छन् ।

साथै,
सरोज र पुजा बने नोबेल मिस्टर एण्ड मिस थारु आइकन
सरोज चौधरी र पुजा माझी नोबेल मिस्टर एण्ड मिस थारु आइकन बनेका छन् । विराटनगरमा भएको ग्राण्ड फिनालेमा प्रतिष्प्रधिहरुलाई उछिन्दै सरोज मिस्टर थारु आइकन र पुजा मिस थारु आइकन घोषित भएका हुन् ।

थारु आइकनको उपाधि जितेसँगै सरोज र पुजाले जनही ५० हजार नगद पुरस्कार पाएका छन् । यता, साहिल विश्वास र सुजता चौधरी फस्ट रनरअप घोषित भए । विप्लव चौधरी र सन्ध्या सरदार सेकेण्ड रनरअप बनेका छन् । फस्ट रनरअप साहिल र सुजताले जनही ३० हजार र सेकेण्ड रनरअप विप्लव र सन्ध्याले जनही २० हजार नगद पुरस्कार पाएका छन् ।

उनीहरुलाई कांग्रेस नेता विजयकुमार गच्छदार, कांग्रेस नेता एवं नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्मा, माओवादी नेता अमनलाल मोदी, एमाले नेता विनोद ढकाल, थारु कल्याणकारिनी सभाका उपाध्यक्ष कनुलाल चौधरी लगायतले पुरस्कार प्रदान गरेका छन् ।

नोबेल मिस्टर एण्ड मिस थारु आइकनको यो तेस्रो सिजन हो । प्रतियोगितालाई विराटनगरस्थित नोबेल मेडिकल कलेजले टाइटल स्पोन्सर गरेको हो । नोबेल अस्पताल सञ्चालक डा.शर्माले यसअघिका दुई वटा सिजनलाई पनि अस्पतालमार्फत प्रायोजन गराइदिएका थिए ।

त्यस्तै,
चुनावमा थारु समुदायले डा.सुनिल शर्मालाई सघाउँछन् : सांसद मोदी

प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले आसन्न प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले मोरङको क्षेत्र नं.३ मा कांग्रेस उम्मेद्वार डा.सुनिल शर्मालाई सघाउँने बताएका छन् । विराटनगरमा आयोजित नोबेल मिस्टर एण्ड मिस थारु आइकन समापन कार्यक्रमलाई संवोधन गर्दै सांसद मोदीले यस्तो बताएका हुन् ।

नोबेल मेडिकल कलेजका सञ्चालकसमेत रहेका डा.शर्माले थारु समुदायलाई धेरै गुन लगाएको भन्दै सांसद मोदीले अब मंसिर ४ गते हुँने प्रतिनिधि सभा निर्वाचनमा थारु समुदायले डा.शर्माको गुन फर्काउँने बताए । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका सांसद मोदीले आसन्न चुनावमा डा.शर्माले जित्ने विश्वाससमेत व्यक्त गरे । ‘डा.सुनिल शर्माले थारुहरुलाई धेरै गुन लगाउँनु भयो, अब आउँने चुनावमा थारुहरुले तपाईको गुन फर्काउँनेछन्,’ संवोधनका क्रममा डा.शर्मालाई लक्षित गर्दै सांसद मोदीले भने, ‘आउँने चुनावमा तपाईले जित्नुहुन्छ भन्ने मलाई विश्वास छ ।’

नोबेल मिस्टर एण्ड मिस थारु आइकन प्रतियोगिता सञ्चालन गर्न नोबेल मेडिकल कलेजमार्फत डा.शर्माले ठूलो सहयोग गरेको उनले बताए । डा.शर्माको सहयोगका कारण सारु समुदायको कला सस्कृति र प्रतिभा उजागर गर्ने वातावरण मिलेको भन्दै सांसद मोदीले सहयोगका लागि डा.शर्मालाई धन्यवादसमेत व्यक्त गरे ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारका लागि डा.सुनिल शर्माको एकल नाम सिफारिस गरेको छ । एकल नाम सिफारिसमा परेकाले सो क्षेत्रमा डा.शर्मा उम्मेद्वार बन्ने लगभग पक्कापक्की छ ।

थारु समुदायको कला सस्कृति प्रवद्र्धन र युवायुवतीको प्रतिभा उजागर गर्न आयोतिज थारु आइकनलाई डा.शर्माले नोबेल अस्पतालमार्फत प्रायोजन गराइदिएका हुन् । थारु आइकनको यो तेस्रो सिजन हो । प्रतियोगिताको तीन वटै सिजनलाई डा.शर्माले नोबेल अस्पतालमार्फत प्रायोजन गराइदिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *