महाअष्टमीको अवसरमा राष्ट्रपति भण्डारी द्वारा बिभिन्न शक्तिपीठको दर्शन (फोटो/भिडिओ)

काठमाडौँ । बडादसैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँका बिभिन्न शक्तिपीठको दर्शन गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले सोमबार अपरान्ह नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली, सङ्कटा लगाएतका शक्तिपिठमा पुगेर दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेकी छिन् । दसैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा छ ।

बडादसैँको आठौँ दिन सोमबार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ ।

काठमाडौँ उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *