काका र आमाको हत्या गरी भाग्दै गरेको चन्द्र पक्राउ

विराटनगर । झापामा एक व्यक्तिले आफ्नै आमा र काकाको हत्या गरेका छन् । झापाको कमल गाउँपालिका वडा नम्बर २ कमल डाँगीमा दुई जनाको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोही ठाउँका २३ वर्षीय चन्द्र माझीले आमा र काकाको हत्या गरेका हुन् ।

गएराती घरमा सुतिरहेको अवस्थामा काका ५० वर्षीय सन्तबहादुर माझीलाई हत्या गरेपछि अर्को कोठामा सुतिरहेकी आमा ५० वर्षीया चन्द्रकला माझीलाई हत्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नवीन राईले जानकारी दिए ।

दुबैजनाको धारिलो हतियार प्रहार गर्ने हत्या भएको प्रहरीले जनाएको छ। हत्या गरेर भाग्दै गरेको अवस्थामा चन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *