शीर्षस्थानको आर्सनलले टोटेनहमलाई हरायो

काठमाडाैँ । शीर्षस्थानमा रहेको आर्सनलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । आर्सनलले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको टोटेनहम हटस्परमाथि ३-१ को सानदार जित निकालेको हो ।

इमिरेट्स स्टेडियममा आर्सनलको जितमा थोमस पार्टे, गाब्रियल जेसस र ग्रानिट झाँकाले गोल गरे । टोटेनहमका ह्यारी केनले एक गोल फर्काए ।

जितसँगै शीर्षस्थानमा रहेको आर्सनलको ८ खेलबाट २१ अंक पुगेको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १७ अंक छ । आर्सनलसँगको हारसँगै टोटेनहमले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *