ईटहरीका तात्कालिन मेयर चौधरीले एमाले परित्याग गर्लान ?

विराटनगर । इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्धारिकलाल चौधरीले एमाले पार्टी परित्यागको तयारी गरेका छन् ।

उनी नेकपा एमाले छाडेर माओवादी प्रबेशको तयारीमा रहेको उनी निकट श्रोतले जनाएको छ। एमाले सुनसरीका पूर्व अध्यक्ष समेत रहेका चौधरी पार्टी प्रवेशकैलागि काठमाडौँ हिँडेका छन् ।

माओवादी प्रदेश १ का उपाध्यक्ष शिव डाँगीका अनुसार चौधरीलाई माओवादी अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर पार्टी प्रवेश गराउने कार्यक्रम तय गरिएको छ।

प्रदेश सभामा उम्मेदवार बनाउने शर्तमा चौधरीलाई पार्टी प्रबेश गराउने तयारी भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

प्रचण्डसँग भेटेपछि मात्रै पार्टी प्रवेश गर्ने÷नगर्ने तय हुने चौधरीले बताएका छन् । अहिले नै पार्टी प्रबेश गरिहाल्ने भनेर यसै भन्न सक्ने अवस्थामा छैन, उनले भने, प्रचण्ड जीसँग भेटौँ कुरा गरौँ त्यसपछि के हुन्छ ।’

उम्मेदवार बनाउन आफ्नो नाम एमाले र माओवादी दुवै पार्टीबाट सिफारिस भएको चौधरीको दाबी छ । ‘मलाई टिकटको फलाफाल छ माधब नेपालको पार्टीले समेत उमेदवार बनाउँछु भनेको छ, उनले भने, मलाई टिकटकै लागि माओवादीमा प्रवेश गर्ने भन्ने कुरा हैन ।’

स्थानीय तहको निर्वाचनमा इटहरी उप–महानगरको उम्मेदवार हुन नपाएपछि उनी एमालेसँग रुष्ट छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *