घरको आगनबाट लडेर मृत्यु

काठमाडाैँ । बझाङमा लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ७० वर्षीय वृद्धको लडेर घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार कोइराली खेत घर भएका रामलाल दमाईको बिहीबार आफ्नै घरको आगनबाट लडेर ज्यान गएको हो । जयपृथ्वी राजमार्ग नजिकै घरको आगनबाट लडेर सडकमा परेका उनको त्यहीँ ज्यान गएको बताइएको छ । मृतकको शव अहिले जिल्ला अस्पताल बझाङमा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *