पुँजीवाद र शहरीकरणले भत्काउँदै सामाजिक सम्बन्ध

काठमाडौँ । शहरी भन्नाले भौतिक एवं सामाजिक पूर्वाधारको विकास भएको पर्याप्त अवसरहरू भएको वृहत् जनसङ्ख्याको वासस्थान भएको र तुलनात्मक रूपमा ग्रामीण क्षेत्र भन्दा बढी आर्थिक क्रियाकलाप भएको उन्नत प्रकृतिको बस्ती भन्ने बुझिन्छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी र व्यापार लगायतका विभिन्न कारणले गर्दा कुनै क्षेत्र शहरको रूपमा रूपान्तरण हुने प्रक्रिया नै शहरीकरण हो । सेवा सुविधा तथा अवसरहरूको उपलब्धताले ग्रामीण क्षेत्रका मानिसहरूलाई शहरतर्फ आकर्षक गर्दछ । सडक विद्युत् खानेपानी शिक्षा स्वास्थ्य रोजगार जस्ता भौतिक एवं सामाजिक पूर्वाधारहरूको विकास भएको वृहत् बस्तीलाई नै शहर भनिन्छ ।

सन् २००८ तिर विश्व इतिहासमा ग्रामीण जनसङ्ख्या भन्दा शहरी जनसङ्ख्या बढी देखिएको थियो । शहरीकरणको सम्बन्ध विकसित देशहरूको अनुसरण गर्दै यो विकासोन्मुख देशहरूमा पनि बढेको छ । यस बाहेक पछिल्लो समय शहरीकरणको दर द्रुतगतिमा बढ्दैछ ।

तथ्याङ्क विभागका अनुसार नेपालको जनगणना २०७८ मा ६६.०८ प्रतिशत मानिसहरू शहरमा बसेको पाइन्छ । मानिसहरू जति शहरतिर उन्मुख भयो । त्यति आफ्ना परम्परागत रूपमा चलिआएका सामाजिक सांस्कृतिक आर्थिक सम्बन्धलाई छोड्दै आएको पाइन्छ । यसले आफ्नो सामाजिक पहिचानलाई खलबल्याउँछ ।

अचम्मको कुरा त यो छ कि कुनै मानिससँग एक दुई पटक भेटघाट बोलीचाली गरे पनि अर्को ठाउँमा भेट हुँदा बोलचाल हुँदैन । तर मानिस चिनिन्छ । बोल्न चाहँदैनन् । नजिक आउँदैनन् । नचिने जस्तो भान गर्छन् ।

विश्वका हरेक मानिसहरू एक अर्का प्रतिअन्तर सम्बन्धित हुन्छन् । सम्बन्ध बिना रतिभर टिक्न सकिँदैन । चाहे त्यो पारिवारिक सम्बन्ध होस्, चाहे सामाजिक । तर पछिल्लो समय बढ्दो आधुनिकीकरणले गर्दा मानिसहरू परम्परागत परिवार जस्तो उठबसको सम्बन्ध छैन ।

सकी/नसकी गाउँबाट शहरतिर झर्नेको लहर बढ्दो छ । शहरको छिसमिसे बसाइँ जस्तै मानिसहरूको सम्बन्ध पनि छिसमिसे छ । विगतको ग्रामीण क्षेत्रमा बस्ने मानिसहरूको सम्बन्ध धेरै टाढा टाढाका मानिससम्म हुन्थ्यो । सक्दो नातावाद जोड्ने एकले अर्कालाई सम्मान गर्न समय-समयमा भेटघाट, सुख दुःखको आदान-प्रदान गर्ने मिठो र गहिरो सम्बन्ध हुन्थ्यो । एक पटक चिनजान गरेपछि पछिल्लो पुस्तासम्म चिनिने कुनै ठाउँमा भेट हुने बित्तिकै बोल्ने आदर सम्मान गर्ने प्रचलन थियो । मन भित्रका कुरा खोलेर सच्चा बोली, सच्चा सम्बन्ध बसाल्थे । भोज, भतेर, विवाह, मर्दापर्दा सट्टबट्टा गरेर सशुल्क कामगर्ने चलन थियो ।

चुलो चौकोदेखि खेतीपातीसम्म प्रभावित हुन्थ्यो । त्यसैले गर्दा जसरी पनि सामाजिक सम्बन्धबाट विमुख हुन सक्दैनथे । आजभोलि जति सामाजिक सम्बन्धबाट टाढा गयो । त्यति स्वतन्त्रता व्यक्तिगत जीवन जिउन सहज हुने महसुस गर्दछन् ।

मिनेट मिनेटमा हजारौँ मानिससँग सम्बन्ध जोड्ने र तोड्ने गर्छन् । समाजशास्त्री इमाइल दुर्खिम भन्छन्, ‘सामाजिक संरचना समाजमा श्रमको विभाजनमा निर्भरता हुन्छन् । श्रमको विभाजनले कुनै पनि व्यक्ति एक्लै बाँच्न नसक्ने अवस्था सिर्जना गर्छ । यस्तो अवस्थामा जैविक एकता हो ।’

काठमाडौँ एउटा सानो समुदाय हो । जसमा समान सामाजिक पृष्ठभूमि र जीवनका हरेक अनुभव भएका मानिसहरू छन् । एक अर्कालाई चिन्छन् तर व्यवस्था गर्छन् । कुनै न कुनै व्यक्ति समाजसँग जोडिएको हुन्छ । तिनीहरू पनि समाजको एक पक्ष हो । शहरमा सामाजिक परिवर्तन यस प्रकारको समाजमा अपेक्षाकृत भन्दा सीमित छ । त्यसैले अहिलेका नाति पुस्ताको सम्बन्ध र हजुर बुबाको सम्बन्ध एकदमै फरक छ । त्यसैले शहरी जीवन एकदमै जटिल बन्दै गइरहेका छन् । शहरी समाजमा कानूनी र कानूनी रूपमा औपचारिक सजाय जस्ता प्रविधिहरूमार्फत सामाजिक सम्बन्ध कायम गरिन्छ । ग्रामीण समाजमा सामाजिक समस्याहरू मेलमिलापको माध्यमबाट समाप्त गरेको पाइन्छ । गाउँको मानिस शहरमा आउँछन् । फरक अनुभव लिन्छन् । जुन गाउँको प्राकृतिक सम्बन्धलाई शहरीकरणले मासेको पाइन्छ ।

नेपालमा सन् १९७० को दशकदेखि शहरीकरण तीव्रतासँगै मानिस शहरतिर बसाइँ सराई गर्न थाले । यसका साथै चुनौतीहरू पनि थपिँदै आए । शहरमा बस्ने मानिसहरू विभिन्न समुदायबाट आएर भाडामा बस्ने, अरूले उत्पादन गरेको बस्तु उपभोग गर्ने भएकाले आफूलाई आवश्यक पर्ने बस्तु किन्यो, गयो अरूको मतलब राख्दैनन् । गाउँका मानिसहरू भने आफैँ उत्पादन गर्ने, एकले अर्कोलाई सहयोग गर्ने सोधखोज गर्ने भएकाले आत्मीय सम्बन्ध सुमधुर हुँदै जान्छ । शहरका मानिसहरूमा यस्तो असल सम्बन्ध छैन । अपुरो सम्बन्ध छ ।

विगतको ग्रामीण क्षेत्रमा बस्ने मानिसहरूको सम्बन्ध धेरै टाढा टाढाका मानिससम्म हुन्थ्यो । सक्दो नातावाद जोड्ने एकले अर्कालाई सम्मान गर्न समय-समयमा भेटघाट, सुख दुःखको आदान-प्रदान गर्ने मिठो र गहिरो सम्बन्ध हुन्थ्यो ।

विशाल शहरको बिचमा आफूलाई राखेर हेर्दा हजाराैँ मानिसहरू आउँ गर्छन् । तर कसैलाई कसैको मतलब हुँदैन । बोली भाषा र पोसाकबाट सजिलै पहिचान गर्न सक्छौँ । मनन गर्न गछौं तर सम्बन्धलाई जोड्न सक्दैनौँ । यो सबै शहरी भेष हो । अचम्मको कुरा त यो छ कि कुनै मानिससँग एक दुई पटक भेटघाट बोलीचाली गरे पनि अर्को ठाउँमा भेट हुँदा बोलचाल हुँदैन । तर मानिस चिनिन्छ । बोल्न चाहँदैनन् । नजिक आउँदैनन् । नचिने जस्तो भान गर्छन् । शहरी सम्बन्धले गर्दा आफ्नै घर, परिवार, समाज र आफ्नै अघिल्लो पछिल्लो पुस्ता बिचको सम्बन्ध पनि मजबुद छैन । सम्बन्धमात्र होइन । शहरमा बस्न थालेपछि आफ्नै हजुरबुबा, हजुर आमाको नाम समेत थाहा हुँदैन । यसले सामाजिक संरचनामा परिवर्तन ल्यायो । शहरीकरणले गर्दा आफ्ना आफन्त काका, काकी, दाजु, भाउजू, भाइ,दिदी,बहिनी, इष्टमित्र बिचको उठ्न बस्न पातलिँदै गएको पाइन्छ । आत्मीय भावनाको आदान-प्रदान हुँदैन । जस्तो नाता छ त्यस्तो सम्बन्ध छैन ।

शहरमा ठूलो जनसङ्ख्या हुन्छ तर सम्बन्ध ठूलो हुन सकेन । सामाजिक सहयोग आदान प्रदान हुँदैन । नाताको सम्बन्ध पनि हुँदैन । अनि सम्बन्ध कहाँबाट पुरा हुन्छ । एकातिर शहरिकरणले सामाजिक सम्बन्ध अधुरो बनाउँछ भने अर्को तिर गरिबी हटाउने अवसरको रूपमा पनि लिइन्छ । व्यक्तिका आवश्यकता परिपूर्ति गर्ने मार्ग दशक हो शहरीकरण । शहरले नयाँ नयाँ सभ्यता सिकायो । पूराना संस्कृति र सभ्यता हराउँदै गयो । यसले व्यक्तिवादीपन बढाएको छ भने पारिवारिक सम्बन्धमा परिवर्तन आएको छ । सामूहिकता हराएको छ । दुराचार, दुर्व्यसनी, चोरी, ठगी, बेरोजगारी, आत्महत्या यौन शोषण, एकांकीपन आदिपक्षको विकास भएको छ । यस्तो सम्बन्धले परिवार समुदाय र राष्ट्रिय स्तरमा समेत प्रभाव पार्दै आएको छ । सामाजिक अन्तरक्रियाको दायरा बढ्दै गयो तर सम्बन्धमा दिगोपना हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *