गोठाटार हत्याकाण्डमा संलग्न तीनजना सार्वजनिक

काठमाडौँ । गोठाटारमा भएको लाल मोहम्मदको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । यही असोज ४ गते बेलुकी गोठाटारमा गोली हानी फरार रहेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका मनोरम मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान छन् । पक्राउ पर्नेमध्ये मियाँद्वयले वीरगञ्जबाट घटनामा प्रयोग भएको हतियार लिएर काठमाडौं आएका प्रहरीले बताएको छ । काठमाडौंमा उनीहरुले सुटरलाई हतियार दिएर घटनाको एक दिनअघि वीरगञ्ज पुगेका थिए ।
असोज ४ गते बेलुकी मोहम्मदको गोली हानी हत्या गरेको थियो । घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख, एसएसपी जनक भट्टराईको संयोजकत्वमा समिति गठन भएको थियो । उनको संयोजकत्वमा रहेको टोलीले हत्यामा संलग्न व्यक्ति पक्राउ गरि सार्वजनिक गरेको हो ।













