काठमाडाैँ क्षेत्र नं. १ का जनतालाई रवीन्द्रकाे आश्वासन- तपाईंहरूकाे आवाज संसद्‌मा बुलन्द गर्नेछु (भिडिओसहित)

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडाैँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा लड्ने भएका छन् । उनले आज एक ‍औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घाेषणासमेत गरेका छन् । उम्मेदवारी घाेषणाका क्रममा उनले आफूले आफ्नाे निर्वाचन क्षेत्रका जनताकाे आवाज सबैभन्दा सशक्तरूपमा बाेल्ने प्रतिबद्धता जनाए । ‘क्षेत्र नं. १ बाट गर्व गर्न सक्नेमध्येकाे सबैभन्दा सशक्त सांसदकाे रूपमा म तपाईंहरूकाे आवाज संसद्‌मा बुलन्द गर्नेछु,’ उनले भनेका छन् ।

त्यसअघि उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीकाे तर्फबाट हलाे चिह्नमा म काठमाडाैँ क्षेत्र नं. १ आफ्नाे उम्मेदवारी पार्टीकाे सहमतिसहित यहाँ घाेषणा गर्दैछु । र, म यसपटक यहाँ काठमाडाैँ क्षत्रे नं. १ का जत्ति पनि साथीहरू यहाँ उपस्थित हुनुहुन्छ र याे कार्यक्रमलाई पछि विभिन्न सञ्चारमाध्यमहरूबाट काठमाडाैँ क्षेत्र नं. १ का जत्ति पनि साथीहरूले हेर्नुहुन्छ,  तपाईंहरूलाई म सुनिश्चित गराउन चाहन्छु कि— म तपाईंहरूकाे सशक्त आवाज बाेल्नेछु ।’

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र गत बुधबार मात्रै राप्रपा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *