मुटुको हेरचाह गर्न चिकित्सकको सुझाव

मङ्गलबारे । मानवीय रहनसहन तथा खानपान र आधुनिक जीवनशैलीका कारण मुटु रोगीको सङ्ख्या बढ्दै गएको छ । नेपाललगायत विकासोन्मुख देशमा मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

मुटु रोगीलाई सरकारले उपचारमा रु एक लाखसम्म छुट दिने गरेको छ । धेरैले नियमित मुटु परीक्षण नै गर्दैनन् । मुटु परीक्षण गर्ने धेरैलाई सरकारले उपलब्ध गराउने सो रकमबारे जानकारी नै छैन ।

इलाममा गत आर्थिक वर्षमा जिल्लाबाट ४९ जनाले मुटुको शल्यक्रियाका लागि सिफारिस लिएका छन् । यो अघिल्लो वर्षको भन्दा बढी हो ।

खानपान, व्यस्त जीवनशैली, तनाव, रहनसहन नै मुटु रोगको प्रमुख कारण भएको डाक्टरको भनाइ छ । तारेको, भुटेको, चिल्लो मात्रा बढी भएको र मादकपदार्थ तथा धूमपान गर्दा यो रोग लाग्ने बढी खतरा हुने गरेको छ ।

नियमित ब्यायाम, स्वस्थकर खाना र तनाव कम हुने हो भने मुटु रोग लाग्नबाट जोगिन सकिने इलाम अस्पतालका डा डालिम काफ्लेले बताए । उनले सुविधासँगै शरीरको ख्याल गर्न आग्रह गरे। जनचेतनाका लागि इलाममा आज बिहान प्रभातफेरी र अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *